सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने

शुक्रबार, ३१ असार २०७९, २० : ०५
शुक्रबार, ३१ असार २०७९

श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । वर्तमान अन्तरिम राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा आगामी जुलाई २० मा निर्वाचन हुन लागेको छ ।

सत्तारुढ दल श्रीलङ्का पोडुजाना पेरामुना (एसएलपीपी)का महासचिव सागरा कारियावासामले विक्रमासिङ्घेलाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने सम्भावना रहेको बताए ।

उनलाई उम्मेदवार बनाएर सबैको समर्थन जुटाउने प्रयास भइरहेको पनि कारियावासामले जानकारी दिए। 
 
सभामुख महिन्दा यापा अबेवार्डेनाले जुलाई २० मा निर्वाचन गर्ने घोषणा शुक्रबार गरेका थिए ।

प्रधानमन्त्री विक्रमासिङ्घेलाई पनि शुक्रबार नै अन्तरिम राष्ट्रपतिको रुपमा सपथ खुवाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप