बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

करारका कर्मचारी हटाइएपछि प्रदर्शन, दैलेखमा गोली चल्यो

शुक्रबार, ३१ असार २०७९, २० : ०३
शुक्रबार, ३१ असार २०७९

दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विरोधमा गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो । 

प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको बताए । घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप