सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसार नै भएको छः ओनसरी घर्ती

शुक्रबार, ३१ असार २०७९, १९ : ०३
शुक्रबार, ३१ असार २०७९

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)की सांसद एवम् पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भएको टिप्पणी गरेकी छन् । 
शुक्रबार उपसभामुखमा काँग्रेस सांसद पुष्पा भुसाल निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा यस्तो भनाइ राखेकी हुन् । प्रमुख प्रतिपक्ष दल एमालेले संविधानले सत्ता पक्षले सभामुख पाएपछि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने व्यवस्था गरेको जिकीर गरिरहेको बेला घर्तीले भने संविधानमा फरक लिङ्ग र फरक दल भनेको र सोही अनुसार उपसभामुखमा भुसाल निर्वाचित भएको बताइन् । 

उनले भनिन्, ‘संविधानमा व्यवस्था भए अनुसारनै यो निर्वाचन भएको छ । अलग दल र फरक लिंग भन्ने संविधानको भावनामा नै टेकेर उपसभामुख निर्वाचित हुनु भएको हो । यो छिटो हुनुपर्दथ्यो भन्ने मेरो पनि मान्यता थियो’

सांसद घर्तीले नवनिर्वाचित उपसभामुख भुसालले आफ्नो पदीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास समेत व्यक्त गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप