सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विकास भनेको चिल्ला सडक मात्रै होइन, संस्कार पनि होः मन्त्री चौधरी

शुक्रबार, ३१ असार २०७९, १८ : ५९
शुक्रबार, ३१ असार २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले विकास भनेको चिल्ला सडक र भवन मात्र नभएर संस्कार पनि भएको बताएका छन् । शुक्रबार साँखुको भगवती माध्यमिक विद्यालयमा विद्यार्थीहरूसँगको अन्तक्रिर्या कार्यक्रममा चौधरीले यस्तो बताएका हुन् । 

सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा सबै पक्षको सुझाव सङ्कलन गर्ने उद्देश्यले आफूले जनतामा जाने कार्यक्रम सुरु गरेको बताउँदै उनले सोहीअनुसार आफू साँखु आएको उनको भनाइ छ। विभिन्न विद्यालयबाट कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले सो अवसरमा मन्त्रीसमक्ष व्यवस्थित सहर निर्माणबारे आफ्ना प्रश्न राखेका  थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप