आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

शुक्रबार, ३१ असार २०७९, १७ : ५३
शुक्रबार, ३१ असार २०७९

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजना बालकलाई पक्राउ गरेको छ । बाराको आदर्श कोतवाल गाउँपालिका(१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुबैले बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप