बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बल्खुको सुमो काउन्टरबाट १० जना विचौलिया पक्राउ

शुक्रबार, ३१ असार २०७९, १७ : ३८
शुक्रबार, ३१ असार २०७९

काठमाडौंको बल्खुस्थित टाटासुमो काउण्टरबाट प्रहरीले १० जना विचौलियालाई पक्राउ गरेको छ । यात्रुलाई बढी भाडा लिएको र हैरानी गरेको आरोपमा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा सिन्धुली घर भएका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, भारतीय नागरिक २९ वर्षीय राकेशकुमार श्रीवास्तव, कैलाली घर भएका २१ वर्षीय राजु थापा र रौतहट घर भएका २९ वर्षीय आकाश तामाङ छन् । 

त्यस्तै, पर्साको वीरगञ्ज घर भएका ३५ वर्षीय राजिवकुमार सिंह, सिन्धुली घर भएका ३० वर्षीय नितिशजंग राणा, सर्लाही घर भएका २९ वर्षीय रविन्द्र चौधरी, ईलाम घर भएका दोर्जे गुरुङ र काठमाडौंका ४० वर्षीय राम तामाङ पक्राउ परेका छन् । आरोपीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप