सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुखमा निर्वाचित भएपछि पुष्पा भुसालको प्रतिक्रिया : समन्वयकारी भूमिका निर्वाह गर्छु

शुक्रबार, ३१ असार २०७९, १७ : ३२
शुक्रबार, ३१ असार २०७९

प्रतिनिधिसभाका नवनिर्वाचित पुष्पा भुसाल गौतमले आफ्नो दायित्व थपिएको बताएकी छन् । संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुखको पदपूर्ति भएको भन्दै संविधानको पूर्ण पालना भएको पनि बताइन् । उनले उक्त पदमा आफु निर्वाचित भएपछि दायित्व बढेको समेत प्रतिक्रिया दिइन् ।

‘यो पदमा निर्वाचित भएपछि ममाथि दायित्व थपिएको छ’, उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न दृढ संकल्प छु । समन्वयकारी भूमिका निर्वाह गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप