बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ॐ हस्पिटल र सरस्वती स्कुलबीच उपचारमा छुट दिने  सम्झौता

शुक्रबार, ३१ असार २०७९, १७ : २६
शुक्रबार, ३१ असार २०७९

काठमाडौं चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं क्षेत्रपाटीमा रहेको सरस्वती बोर्डिङ सेकेण्डरी स्कुलबीच स्वास्थ्य उपचारमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा स्कुल संचालक समितिका सदस्य, शिक्षक शिक्षिका, विद्यालय परिवारका सदस्य, कर्मचारी र निजका परिवारजनको दुर्घटना वा अन्य उपचारका लागि पनि प्रथम पक्षले अस्पतालमा विशेष छुट उपलब्ध गराउने र स्वास्थ्य सम्वन्धी आवश्यक सेवा सुलभ र सहज रुपमा पु-याउने ॐ अस्पतालले जनाएको छ ।

सम्झौता अनुसार अस्पताल र स्कुलले सहकार्य गरी स्वास्थ्य सचेतनाका कार्यक्रम तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय स्वास्थ्य कार्यक्रम र सामुदायिक स्वास्थ्य शिविरहरु समेत सञ्चालन गर्ने उल्लेख छ ।

ॐ अस्पतालमा बुधवार आयोजित कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्चालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा  प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत , ॐ हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाई तथा  सरस्वती बोर्डिङ सेकेण्डरी स्कुलका प्राचार्य सूमन मल्ल तथा निर्देशक तथा संचालक समिति सदस्य ऋतु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप