सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कमल थापाको मुद्दामा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

शुक्रबार, ३१ असार २०७९, १८ : ४९
शुक्रबार, ३१ असार २०७९

सर्वोच्च अदालतले गाई चुनाव चिह्न माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पन्ध्र दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत् यससम्बन्धमा जवाफ पेश गर्न निर्वाचन आयोगलाई आदेश दिएको हो । 

‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए म्याद सूचना प्राप्त भएका मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र आफूसँग भएको प्रमाण कागजातहरूसमेत साथै राखी महान्यायाधिवक्ताको कार्यालय मार्फत् लिखित जवाफ पेस गर्नू’ आदेशमा भनिएको छ । 

साथै निवेदकले अन्तरिम आदेश समेतको माग गरेकाले अन्तरिम आदेश जारी हुने–नहुने सम्बन्धमा दुबै पक्षलाई छलफलमा बोलाइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप