सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रचण्ड दिल्लीमा, भाजपाका विदेश विभाग प्रमुखद्वारा स्वागत

शुक्रबार, ३१ असार २०७९, १६ : ५८
शुक्रबार, ३१ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा प्रचण्ड तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न दिल्ली पुगेका हुन् । 

प्रचण्डलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।  प्रचण्डको स्वागतमा भारतस्थित नेपाली राजदूत शंकर शर्मा, भारत सरकारका उच्च अधिकारीहरु र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो।

प्रचण्ड भारत भ्रमण पुरा गरी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप