सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

‘एम अधिकारी खोज्दैछु, भोलि सार्वजनिक गरिदिन्छु’

शुक्रबार, ३१ असार २०७९, १६ : ३१
शुक्रबार, ३१ असार २०७९

नेकपा एमालेले अर्थ तथा योजना समितिको सदस्यमा एम अधिकारी नाम राखेपछि उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै आलोचना भइरहेको छ । एमालेले पनि एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको बताएपनि उनी को हुन् भन्ने विषय सार्वजनिक गर्न सकेको छैन ।

एमालेका कतिपय नेताले विराटनगरका सिए मनोज अधिकारीलाई एम अधिकारी लेखिएको जिकिर गरेपनि अहिलेसम्म मनोज अधिकारी सार्वजनिक भएका छैनन् । संचारमाध्यममा र सरोकारवालाको चासोका कारण विराटनगरका सिए मनोज अधिकारी मोबाइल अफ गरेर भारततिर लागेको चर्चा छ । एमालेका कतिपय नेताले सिए मनोज अधिकारीको पहिले खोटांग घर भएको दाबी समेत गरेका छन् तर उनको जन्म धनकुटामा भएको हो l   

नेकपा एमालेलाई भने एम अधिकारी सार्वजनिक गर्नुपर्ने दबाब बढीरहेको छ । स्रोतका अनुसार एमालेले मोरङ जिल्ला समितिलाई सर्कुलर गरेर एम अधिकारी छिटो सार्वजनिक गर्न आग्रह गरेको छ । यही विषयमा नेकपा एमाले विराटनगरका अध्यक्ष सागर थापालाई हामीले एम अधिकारीसँग सम्बन्धित रहेर प्रश्न गरेका छौं । प्रस्तुत छ उनीसँगको छोटो कुराकानीः

प्रश्नः अध्यक्षज्यू नमस्कार !

उत्तर- नमस्कार ! के सूचना चाहियो भन्नु त ।

प्रश्नः कता हुनुहुन्छ ? कुरा गर्नु थियो ।

उत्तर- म अहिले गिरेन्द्र दाइको घरमा छु । के कुरा हो ?

प्रश्नः एम अधिकारी भेट्न्भयो ?

उत्तर- मनोज अधिकारी ?

प्रश्नः हजुर, उहाँ कहिले पार्टी प्रवेश गर्नुभयो ?

उत्तर- मिला’र गरो त। मान्छे नै लापत्ता छ । म आजभोलिसम्ममा भेटेर सार्वजनिक गरिदिन्छु ।

प्रश्नः मान्छे चाहिँ त्यही हो त ?

उत्तर- त्यही हो त्यही हो । स्वीच अफ गरेर बसेको छ त्यो भाइ ।

प्रश्नः अर्को मान्छेको खोजी सुरु भएको हो ?

उत्तर- होइन किन खोज्नु हौ?

प्रश्नः त्यस्तै हल्ला छ त अनि ?

उत्तर- प्रतिक्रियावादीले हल्ला गर्छन् नि ।

प्रश्नः प्रतिक्रियावादीको हल्ला मात्रै हो ?

उत्तर- हो । अनावश्यक त्यसका पछि किन लाग्नु यार । छोड्दिनु । म खोजेर सार्वजनिक गर्छु । मलाई पनि थाहा थिएन । पहिले मनोज अधिकारी भन्थे । तर, एम रहेछ । पुष्पलाल चौकको भाइ हो ।

प्रश्नः  पहिले चाहिँ खोटाङको हो ?

उत्तर- अँ खोटाङको हो त ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप