सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

उपसभामुख एमालेलाई दिन शेरबहादुरको माग

शुक्रबार, ३१ असार २०७९, १६ : २१
शुक्रबार, ३१ असार २०७९

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले उपसभामुख पद एमालेलाई दिन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा भइरहेको उपसभामुखको निर्वाचन प्रक्रियामा एमालेबाट उम्मेदवार रहेकी विद्या भट्टराईलाई समर्थन गर्दै प्रमुख प्रतिपक्षीलाई  उपसभामुख दिन आग्रह गरेका हुन् । 

सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको र विद्या भट्टराई पनि सिन्धुपाल्चोककै चेली रहेकोले सभामुख र उपसभामुख एउटै जिल्लाको हुँदा राम्रो हुने बताए । उनले काँग्रेसबाट उम्मेदवार बनेकी पुष्पा भुसालको समर्थक रहेका माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई समर्थन फिर्ता लिन पनि आग्रह गरे । 

उनले भने– ‘यो संसद सबै राजनीतिक दलले उत्तिकै जिम्मेवारीपूर्वक चलाउनुपर्ने हो । एउटै दलबाट सभामुख र उपसभामुख नहुने भनेपनि स्वतः प्रतिपक्ष दलबाट उपसभामुख हुनु पर्दछ । यो सैद्धान्तिक कुरा भएकोले अहिले देवप्रसाद गुरुङले थपक्क समर्थन फिर्ता लिए त कस्तो काइदा भइहाल्थ्यो । यो ढंगले नै हामी अगाडि बढौँ । के हामी सत्तापक्ष के प्रतिपक्ष सबै मिलेर अगाडि बढ्न एउटा ढोका खुल्छ यसले ।’ विद्या भट्टराई वामपन्थी आन्दोलन, लोकतान्त्रिक आन्दोलनको एक सदस्य भएकोले उपसभामुख बनाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप