सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचारले प्राथमिकता पाएको एमालेको आरोप

शुक्रबार, ३१ असार २०७९, १६ : ०७
शुक्रबार, ३१ असार २०७९

नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको एक वर्षे कार्यकालमा मौलिक हक अन्तर्गत स्वास्थ्य र शिक्षा क्षेत्रमा छेउ टुप्पो फेला पार्न नसकेको जिकिर गरेको छ ।  शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विभाग प्रमुख  योगेश भट्टराईले मौलिक हक प्रयोग गर्न नदिएर सरकार नीतिगत भ्रष्टाचारमा डुबेको आरोप लगाए । सेनेटरी प्याडका बारेमा सरकारले लिएको नीतिले राष्ट्रिय उद्योगलाई  धराशायी  बनाएर राष्ट्रघात गरेको उनले बताए । उनले भने, ‘सरकारको यो नीतिगत भ्रष्टाचार हो ।’

यस्तै उनले आर्थिक वर्ष सकिन तीन दिन बाँकी रहँदा सरकारले पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रा बजेट रकमान्तर  गरेर स्वास्थ्य मन्त्रालयमा अनियमितता गर सत्ताको दुरुपयोग भएको बताए । वित्तीय अनुशासन र खर्च प्रणालीमा हिसाबले आर्थिक अपचलन र पदीय दुरुपयोग गरेको भट्टराईको भनाइ छ ।

असार १५ सम्म कुल जनसङ्ख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भएपनि कमजोर व्यवस्थापनका कारण  पर्याप्त खोप हुँदाहुँदै पनि पुरा गर्न नसकेको आरोप लगाए । पत्रकार सम्मेलनमा  पूर्ववर्ती केपी ओली सरकारका पालामा भएका सम्झौता बमोजिम प्राप्त करिब ५ करोड ८० लाख  खोपको समुचित व्यवस्थापन गर्न नसकेका कारण सबै नेपाली जनताले खोप  नपाएको उनको दाबी छ । 

स्वास्थ्य मन्त्रालयले संघ र प्रदेशमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा सरुवा गर्ने, जिम्मेवारीबाट  बञ्चित गर्ने  कार्य गरेको पनि नेता भट्टराईको जिकिर छ ।  देउवा नेतृत्वको सरकारले एक वर्षमा कर्मचारीलाई  हतोत्साहित बनाउने कार्य गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप