मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपसभामुख पद प्रतिपक्षको हक हो : राजेन्द्र लिङ्देन

शुक्रबार, ३१ असार २०७९, १५ : ५६
शुक्रबार, ३१ असार २०७९

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा सैद्धान्तिक रुपमा उपसभामुख प्रतिपक्षको हुनुपर्ने बताएका छन् ।  उपसभामुख चयनका लागि प्रतिनिधिसभामा परेका प्रस्तावमाथि दलीय आधारमा धारणा राख्दै लिङ्देनले सो कुरा बताएका हुन् । 

‘दलीय स्वार्थ, सत्ता स्वार्थका कारणले महत्वपुर्ण निर्णयहरु लामो समयसम्म अल्झिएर बस्ने गरेका छन् । त्यसैको सिकार उपसभामुख पद पनि भएको थियो, ढिलै भएपनि संसदले उपसभामुख पाउने भयो’, लिङ्देनले भने, ‘सैद्धानितक रुपमा सभामुख एउटा दलको भए उपसभामुख अर्को दलको हुने र लिङ्ग पनि फरक फरक हुने व्यवस्था छ ।’

उनले अहिलेको अवस्थामा उपसभामुख पद प्रतिपक्षको भागमा पर्नुपर्ने र त्यो उसको अधिकारको कुरा भएको बताए । ‘यो प्रतिपक्षको हक हो । सत्तापक्षले जानेर उदारतापुर्वक प्रतिपक्षलाई उपसभामुख दिनुस् भन्नुपर्ने हो’, उनले दुवै उम्मेदवार सक्षम र योग्य भएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप