विधेयक पारित गर्न दबाब दिँदै कर्णालीका सांसद नरेश भण्डारी सडकमा उत्रिए
कर्णाली प्रदेश सरकारका पूर्व कानुन मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य नरेश भण्डारीले विभिन्न विधेयक पारित गराउन दबाब दिँदै सडकमा प्रदर्शन गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भण्डारीले संसदमा टेबल गरिएको विधेयक पारित गर्न सरकार अनिच्छुक देखिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनले शुक्रबार प्रदेशसभा अगाडि दबाब मुलक कार्यक्रमसमेत गरे । ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन, अन्वेषण तथा आविष्कार विधेयक’ पारित गर्न माग गर्दै उनले विधेयक सरोकार समाजको अगुवाइमा संसद भवन अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
पर्वतीय विश्वविद्यालय खोस्न खोजेको, सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई तुहाउन खोजिएको र कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयकलाई बन्धक बनाउन खोजिएको उनको आरोप छ ।
‘पर्वतीय विश्वविद्यालय कर्णाली समृद्धिको एउटा खम्बा हो,’ उनले भने, ‘कर्णाली प्रदेशको मुहार फेर्न सक्ने उल्लेखित ३ वटा महत्वपूर्ण विधेयकहरु पास गर्न सरकार किन पछि प¥यो ? के यी संविधानसँग बाझिन्छन् ? यिनीहरुले सार्वभौम सत्ता कमजोर बनाउँछन् ? पारित हुँदा राष्ट्रिय अखण्डतामा आँच आउँछ ?’

भण्डारीले यसअघि पनि उल्लेखित विधेयक पास नगरेको खण्डमा सरकारको विपक्षमा उभिने बताइसकेको थिए । उनले भने, ‘विधेयक पारित गर्ने संवैधानिक, कानुनी र प्रक्रियागत मार्ग अबरुद्ध पारिन्छ भने निर्मम संघर्ष बाहेक अरु विकल्प रहने छैन ।’
सांसद भण्डारीले पहिलो पटक गैर सरकारी विधेयक दर्ता गराएका थिए । गत असोजमा उनले ‘सिँजा सभ्यता विकास तथा संरक्षण विधेयक ०७८’ दर्ता गराएका थिए ।
प्रदेशसभा भवन अगाडि तनावग्रस्त
भण्डारीले दबाब मुलक कार्यक्रम गरेपछि प्रदेशसभा भवन अगाडिको वातावरण तनावग्रस्त बनेको छ । सम्भावित घटना रोक्न संसद भवन अगाडि कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताहरुले सरकारको चर्को विरोध गर्दै आन्दोलन जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमित स्रोत, भारी अपेक्षा: कसरी हुन्छ पूरा ?
-
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुनः निर्वाचित
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण