आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले दिँदैन : एमाले

शुक्रबार, ३१ असार २०७९, १५ : ४३
शुक्रबार, ३१ असार २०७९

नेकपा एमालेले सत्ता गठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले नदिने बताएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया सहभागी हुँदै एमाले सांसद शान्ता चौधरीले संवैधानिक व्यवस्थाको हिसावले पनि उपसभामुख प्रतिपक्ष दललाई दिनुपर्ने बताइन् ।

उनले भनिन्– ‘नेपालको संविधानको धारा ९१ अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनेगरी गर्नुपर्छ र फरक फरक दलको प्रतिनिधि हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ । हाल गठबन्धन दलको सरकार चलेको अवस्थामा गठबन्धनकै दुई घटकले सभामुख र उपसभामुख संवैधानिक र नैतिक हिसावले अनुचित देखिन्छ । अहिले हुन लागेको उपसभामुखको चुनावमा प्रतिपक्ष दलको स्वभाविक दावी रहन्छ ।’

उनले संसदीय प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउनका लागि र संसदीय अभ्यासलाई सन्तुलनमा राख्न पनि एमालेको उम्मेदवारलाई उपसभामुख बनाउन आवश्यक रहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप