सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बिद्या भट्टराईको प्रश्न : वैवाहिक अंगीकृतको बारेमा नागरिकता विधेयक किन बोलेन ?

शुक्रबार, ३१ असार २०७९, १५ : ३७
शुक्रबार, ३१ असार २०७९

एमाले सांसद विद्या भट्टराईले सरकारले ल्याएको विधेयकका धेरै प्रावधानमा एमालेको असहमति रहेको बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले वैवाहिक अंगीकृतको बारेमा विधेयक नबोलेकोले त्यसलाई संशोधन गर्नुपर्ने बताइन् । 

संविधानको धारा १२ मा व्यवस्था भएको वंशीय आधार र लैङ्गिक पहिचान सहितको नागरिकताको सवालमा पनि विधेयकमा स्पष्ट व्यवस्था नभएको बताइन् । उनले भनिन्– ‘नेपाली नागरिकसँग विदेशीले विवाह गर्ने हकमा हामीले २ वटा मान्यतालाई स्वीकार गर्नुपर्छ, पहिलो भनेको पारस्परिक समानताको आधार, दोश्रो भनेको अन्तर्राष्ट्रिय प्रचलन । यी दुबै मान्यतालाई यसले स्वीकार गरेको देखिएन् । यसको बारेमा पनि केही प्रश्नचिन्ह उठेका छन् ।’

उनले अहिले सरकारले ल्याएको विधेयकले पनि पितृसत्तात्मक सोचलाई मान्यता दिएको उल्लेख गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप