बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

‘गुड फ्राइडे’ले उपत्यका वरपरका होटल तथा रिसोर्ट भरिभराउ

शुक्रबार, ३१ असार २०७९, १५ : ३५
शुक्रबार, ३१ असार २०७९

गुड फ्राइडे अर्थात् राम्रो शुक्रबार । प्रायः शुक्रबार उपत्यका वरपरका होटल, रेस्टुरेन्ट, रिसोर्ट तथा लजहरु भरिभराउ हुन्छन् । भोलिपल्ट शनिबार छुट्टिको दिन भएकाले पनि छुट्टि मनाउन मान्छेहरु यसरी बाहिरिने गर्छन् । खासगरी उपत्यका नजिकका नगरकोट, धुलिखेल, चन्द्रागिरी, नुवाकोट, धादिङ लगायतका उपत्यका आसपासका क्षेत्रमा गुड फ्राइडे मनाउनेहरुको बाक्लो भिड लाग्ने गर्छ ।
विशेषगरी शुक्रबारको दिन होटल बुकिङमा चाप पर्ने र सोको व्यवस्थापनमा निकै कठिन पर्ने गरेको धुलिखेलका होटल व्यवसायी इन्द्र लामा बताउँछन् । 

‘प्रायः शुक्रबारको दिन त हामीलाई बुकिङ लिन भ्याइनभ्याइकै अवस्था हुन्छ । शुक्रबार आउने र शनिबार जानेहरुको ठूलो ग्रुप होटल बुकिङ लिन चाहन्छन् । तर, हाम्रो सीमितताका कारण क्षमता अनुसारको मात्र बुकिङ लिन्छौं’ लामाले भने । 

उसो त पछिल्लो समय धुलेखेलमा खुलेका विशिष्ट प्रकृतिका तारे होटल तथा सुविधासम्पन्न रिसोर्टहरुले पनि आन्तरिक पर्यटकहरु राम्रै तानिरहेका छन् । काठमाडौंबाट नजिक रहेको र शुक्रबार गएर शनिबार फर्किन सकिने हुँदा पनि धुलिखेलको होटल, रिसोर्ट तथा लजहरुले पछिल्लो समय राम्रै व्यवसाय गरिरहेका छन् । 

यस्तै, नगरकोट, चन्दागिरी र ककनीका होटलहरुले पनि राम्रै व्यापार गरिरहेका छन् । कोभिड–१९ का कारण करिब दुई वर्ष ठप्पजस्तै बनेको होटल, पर्यटन व्यवसायले अहिले राम्रो व्यापार गरिरहेका छन् । 
‘करिब दुई वर्षजति शुन्य जस्तैको अवस्थामा थियौं । तर अहिले केही सहजताको अवस्था मिलेको छ । तर, बाह्यबाट भन्दा पनि हाम्रो आफ्नै आन्तरिक पर्यटन गतिविधिका कारण यो संभव भएको हो’ नेपाल होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतिले भने । 

आर्थिक वर्षको अन्तमा थप व्यवसायिक रौनक
यस्तो व्यवसायिक रौनक असार महिनामा थप बढेको व्यवसायीहरुको अनुभव छ । आर्थिक वर्षको अन्तमा संघ संस्था तथा सरकारी कार्यक्रम समेत उपत्यका बाहिर केन्द्रित हुँदा यसको लाभ व्यवसायीहरुमा परेको हो । आजभोलि हरेक होटलहरु संघ संस्थाका, एनजीओ/आईएनजीका र सरकारी कार्यलय विभागका सेमिनार, गोष्ठीले भरिने गरेको छ । यसले पनि उपत्यका बाहिरका होटलहरु खचाखच छन् । 

आर्थिक वर्षको अन्त्यसँगै संघ संस्थाहरुले गर्ने खर्च बढेपनि यस्तो खर्च स्वदेशमा नै चलायमान हुने हुँदा खुशी नै मान्नुपर्ने एक कर्मचारीले बताए । तर, यस्तो भ्रमण, सेमिनार तथा गोष्ठीको खर्च विदेश भ्रमणमा भने सरकारले रोक्नुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप