बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

डी योङ बेच्ने कुरामा बार्सिलोनामा अझै अन्योल

शुक्रबार, ३१ असार २०७९, १५ : १२
शुक्रबार, ३१ असार २०७९

नेदरल्यान्ड्सका मिडफिल्डर डी योङ बेच्ने कुरामा बार्सिलोनामा अझै अन्योल भएको छ । बार्सिलोना र म्यानचेस्टर युनाइटेडबीच डी योङलाई बेच्ने कुरामा अझै अन्योलता छाएको छ । बीबीसीका अनुसार युनाइटेडले डी योङले किन्न ६४ मिलियन पाउन्डको अफर गरेको थियो । बार्सिलोनाले उक्त अफरलाई स्वीकार गर्ने चर्चा चलेको थियो ।

पछिल्लो समय बार्सिलोनाले डी योङलाई बेच्न मेहनत गरिरहेको छ । क्लब आर्थिक समस्यामा परेको हुँदा उनलाई बेच्ने चर्चा चलेको हो । सन् २०१९ मा डच क्लबबाट उनी बार्सिलोनामा गएका थिए । उनले बार्सिलोनामा ९८ लिग खेल खेलेर ८ गोल गरिसकेका छन् । डी योङले नेदरल्यान्डका लागि ४४ खेल खेलेर १ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप