शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

‘बिजुली च्याप्टर १’ निर्माण घोषणा

शुक्रबार, ३१ असार २०७९, १५ : ०४
शुक्रबार, ३१ असार २०७९

फिल्म ‘बिजुली च्याप्टर १’ निर्माण घोषणा गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक समारोहकाबीच फिल्म निर्माण घोषणा भएको हो । विकास गिरीको लेखन तथा निर्देशन रहने फिल्मको निर्माता लुना केसी हुन् । विकासले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । 

बासुकी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना लगायत कलाकारको अभिनय रहनेछ । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीताको चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो । भदौ तेस्रो साताबाट छायांकन सुरु हुने बताइएको फिल्ममा हरि घले लामाको छायांकन रहनेछ । 

कार्यक्रममा अभिनेता मुकुनले आफुले अहिलेसम्म गर्न नपाएको भुमिका फिल्ममा रहेको बताए । त्यस्तै अभिनेत्री बेनिषा हमालले जोश जाँगर सहित भित्रिएका नयाँ पुस्तासँग काम गर्न आफु उत्साहित भएको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप