शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

एलपीएल सातौँ संस्करण कार्तिक १३ देखि

शुक्रबार, ३१ असार २०७९, १५ : ०१
शुक्रबार, ३१ असार २०७९

विद्यालयस्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौँ संस्करण धनगढीमा हुने भएको छ ।  कार्तिक १३ गते देखि कार्तिक २६ गते सम्म एलपीएल हुन लागेको हो । 

लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द सिरिजले ३० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहने भएको छ । सहभागी  प्रत्येक टिमले ४ जना यू–१९ राष्ट्रिय टिमका खेलाडीहरु समाबेश गर्न पाउने प्रावधान छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप