सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नेपाल नागरिकता विधेयक २०७९ माथिको सैद्धान्तिक छलफल सकियो

शुक्रबार, ३१ असार २०७९, १४ : ५९
शुक्रबार, ३१ असार २०७९

नेपाल नागरिकता विधेयक २०७९ माथिको सैद्धान्तिक छलफल सकिएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले हालै प्रतिनिधि सभामा प्रस्तुत गरेको सो विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले सो विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले स्वीकृत गरेका हुन् ।

सैद्धान्तिक छलफल सकिएपछि अब विधेयक संसदीय समितिमा दफावार छलफलका लागि जाने बाटो खुलेको छ । यस्तै दफावार छलफल बिना विधेयकलाई सिधै पारित गर्ने भए पुनः प्रतिनिधिसभाको बैठकमा पेश हुने विकल्प पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप