बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ : माधव नेपाल

शुक्रबार, ३१ असार २०७९, १४ : १८
शुक्रबार, ३१ असार २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब कुनैपनि वेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने बताएका छन् ।  शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

 ‘चुनावको मिति कुनैपनि बेला घोषणा हुनसक्छ’, अध्यक्ष नेपालले भने, ‘अब त्यो तयारीमा जुट्नुस्, कार्यकर्ताको विन्यास गर्नुस्, जिम्मा दिएर पठाउनुस्, घरघरमा जाने काम भएको छ कि छैन अहिलेदेखि नै स्वयंसेवक पनि खटाउनुस् ।’ 

उनले निर्वाचन मिति घोषणा हुने भएकाले नेता कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन समेत दिए । उनले देशव्यापी उम्मेदवार दिएर गए आफ्नो पार्टीले अबको चुनावमा सबै ठाउँमा जित्न नसकेपनि प्रतिनिधिसभामा २०,२५ सिट जित्न कसैले रोक्न नसक्ने बताए ।  उनले अबको चुनावमा चारवटा मतपत्र हुने समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप