बुधबार, १२ असार २०८१
ताजा लोकप्रिय

आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ सकियो, के आउला फैसला ?

शुक्रबार, ३१ असार २०७९, १४ : १३
शुक्रबार, ३१ असार २०७९

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको बहस सकिएको छ। शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै सम्पूर्ण सुनुवाइ प्रक्रिया नै सकिएको हो । 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामा शुक्रबार निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए । बहस सकिएसँगै आज आईजीपी नियुक्तिम्बन्धी मुद्दाको फैसला आउने बताइएको छ । 

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा आईजीपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौँ पटक सुनुवाइ भएको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको थियो ।  वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सर्वोच्चको फैसला कस्तो आउला भन्ने चासो सर्वत्र छ । पोखरेलको पक्षमा फैसला आएमा उनी आईजीपी बन्दै धीरजप्रतापको फुली खोसिनेछ । पोखरेलले मुद्दा हारेको खण्डमा उनी घर जानेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप