शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य घट्नुको कारण के ?

शुक्रबार, ३१ असार २०७९, १४ : ०६
शुक्रबार, ३१ असार २०७९

पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । डिजेलको मूल्य ४० रुपैयाँ ५४ पैसा र पेट्रोलको मूल्य १८ रुपैयाँ ५० पैसाले घटेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेका छन् ।

आफ्नो घोषणामा उनले भने, ‘आज विश्व बजारमा तेलको मूल्य ह्वात्तै घटेको छ र यस्तो अवस्थामा हामीसँग पेट्रोलियम पदार्थको मूल्य घटाउने अवसर पनि छ ।’

केही महिनायता पाकिस्तान सरकारले पेट्रोलको मूल्य ६० प्रतिशतसम्म बढाएको थियो भने अब सरकारले पेट्रोलको मूल्य १८ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

सरकारको अर्थ विभागले पेट्रोल र डिजेलको मूल्य घटाएर जनतालाई राहत दिने प्रयास गरिएको जनाएको छ ।

मूल्य कति कम ?

अर्थ विभागले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो । पेट्रोलको मूल्य १८ रुपैयाँ ५० पैसाले घटेर अहिले नयाँ मूल्य प्रतिलिटर २३० रुपैयाँ २४ पैसा छ ।

यसका साथै डिजेलको मूल्य ४० रुपैयाँ ५४ पैसाले घटेको छ । योसँगै डिजेलको नयाँ मूल्य प्रतिलिटर २३६ रुपैयाँ पुगेको छ ।

मट्टितेलको मूल्य पनि १९६ रुपैयाँ ४५ पैसामा झरेको छ । मट्टितेलको पुरानो मूल्य प्रतिलिटर २३० रुपैयाँ २६ पैसा थियो ।

प्रधानमन्त्रीले सम्बोधनमा के भने  ?

पेट्रोलियम पदार्थको नयाँ मूल्यको घोषणा गर्दै प्रधानमन्त्री शाहबाज शरीफले भने, ‘राम्रो समय अवश्य आउनेछ...’

उनले अघिल्लो सरकारको गलत नीतिका कारण आफ्नो वर्तमान सरकारले अर्थतन्त्रमा निकै कठिन कदम चाल्नुपरेको बताए ।

चुनावलाई ध्यानमा राखेर मूल्य घटाइएको हो

एकातिर पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटको स्वागत भइरहेको छ भने अर्कोतिर यसलाई राजनीतिक दृष्टिकोणबाट पनि हेरिएको छ ।

यो कटौती कहिलेसम्म रहन्छ भनेर धेरैले चिन्ता व्यक्त गरेका छन् । धेरैले यसलाई राजनीतिक निर्णय भनेका छन् । यस्तो प्रतिक्रिया दिनेहरूले यो राहत पञ्जाब उपचुनावसम्म मात्रै रहने दाबी गर्छन् ।

सामाजिक सञ्जालमा यस्ता टिप्पणी गर्ने धेरै प्रयोगकर्ता छन् । शबाना भट्टीले पञ्जाब उपचुनाव अघि यो मतदातालाई लुकाउने राजनीतिक खेल मात्र भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप