सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

शुक्रबार, ३१ असार २०७९, १८ : ५०
शुक्रबार, ३१ असार २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागी भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । बैठकमा सहभागी एक नेता भने, ‘नेताहरुले गभर्नरको विषयमा कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि गभर्नरले राजीनामा दिनुपर्छ भन्नुभएको छ’ उनले भने । 

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो । त्यसैगरी उनी यसअघि महाप्रसाद अधिकारीको नामबाटै उक्त विभागको सदस्य रहेको र अहिले एम.अधिकारीको छदम् नाम राखेर सदस्य बनेको विषयमा एमालेले आधिकारिक र तथ्यगत ढंगले खण्डन गरी अर्को एम.अधिकारी देखाउन नसकेकाले उनी नै उक्त व्यक्ति भएको ठानिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप