बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेसका लाखौं लाख सन्तानले अब नागरिकता पाउने बाटो खुल्यो : पुष्पा भुसाल

शुक्रबार, ३१ असार २०७९, १३ : ५४
शुक्रबार, ३१ असार २०७९

नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता विधेयकका कारण मधेशका लाखौं सन्तानले नागरिकता पाउने बाटो खुलेको बताएकी छिन् । संसदमा प्रस्तुत नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले नागरिकता पाउन नसकेका लाखौं लाख नेपालीका सन्तानले नागरिकता पाउने बाटो खुला भएको बताइन् । नागरिकता विधेयक पास गरेपछि छिट्टै नियमावली, कार्यविधि बनाएर नागरिकता सरल ढंगबाट प्राप्त गर्ने व्यवस्था मिलाउनका लागि सरकारको ध्यानाकर्षण गराइन् । 

उनले भनिन्– ‘पहाडतिर भन्दापनि तराई मधेशतिरका सन्तानले नागरिकता नपाएको गुनासो गरेको वर्षौ भइसकेको छ । अहिलेको सरकारले विधेयक संशोधन गरेर ल्याएको छ त्यसका लागि खुसी ब्यक्त गर्न चाहन्छु । गैरआवासीय नेपालीलाई एकपटकको नेपाली सधैको नेपाली भनेर नागरिकता दिने व्यवस्थाको पनि स्वागत गर्दछु ।’  

सांसद भुसालले नागरिकता व्यक्तिको अधिकार, परिचय र राष्ट्रियतासँग जोडिएको विषय रहेको बताउँदै समय अनुसार ऐन संशोधन हुँदै जाने बताइन् । अहिलेको संविधानले आमा वा बाबुको नामबाट नागरिकता दिने विषय समेटे पनि ऐनमा व्यवस्था नभएको र बाबु पहिचान नभएको सन्तानलाई वंशजको नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने प्रावधानले महिला अधिकार र बालअधिकार हनन् गरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप