आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

छिट्टै चीन भ्रमण पनि हुनेछ : प्रचण्ड

शुक्रबार, ३१ असार २०७९, १३ : ४५
शुक्रबार, ३१ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चीन भ्रमण समेत छिट्टै हुने बताएका छन् । भारत भ्रमणका लागि दिल्ली जान लागेका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भारतपछि चीनको भ्रमण हुने बताए ।

 ‘अस्ति चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले कोभिडको करिब करिब अन्त्यतिर जाँदै छ । तपाई छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’, प्रचण्डले भने, ‘मैले चीन भ्रमणमा आउँछु भनेको छु । यसअघि मैले तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्रासँग भारत भ्रमणबारे कुरा गरेको थिएँ । त्यसरी नै अहिले चीन भ्रमणको पनि कुरा भएको छ । मलाई लाग्छ मेरो छिट्टै चीन भ्रमण हुनेछ ।’

नेपाल भ्रमणमा आएका सीपीसीका प्रमुखले प्रचण्डलाई समेत गत असार २७ गते भेटेका थिए । उनी चार दिने नेपाल भ्रमण गरेर स्वदेश फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप