सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

हतियार खरिदबारे एमालेले माग्यो संसदमा प्रधानमन्त्रीको जवाफ

शुक्रबार, ३१ असार २०७९, १३ : २५
शुक्रबार, ३१ असार २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । 

सांसद खरेलले भनिन्– ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ । यस सम्बन्धमा प्रधानमन्त्रीले बाहिर कोठामा हतियार ल्याइँदैन भन्ने कुरा उठेको छ । यो सदनमा आएर प्रधानमन्त्रीले किन भन्न सक्नुहुन्न ? तत्काल प्रधानमन्त्रीले संसदमा आएर यसबारे प्रष्ट पार्नुपर्छ ।’

उनले असार १४ गतेबाट २५–३० वटा जंगली हात्तीको समूहले झापाका अर्जुनधारा र बिर्तामोडमा हात्ती आतंक मच्चिएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप