देउवालाई धन्यवाद दिँदै सुनिल थापाले भने– गठबन्धनको विकल्प छैन
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले गठबन्धनले काँग्रेसलाई फाइदा गरेको बताएका छन् । बिहीबारको केन्द्रीय समितिको बैठकमा उनले नीतिका आधारमा पाँच दलीय गठबन्धन भएको थापाले बताए ।
‘गठबन्धनले काँग्रेसलाई फाइदा गरेको छ । बेफाइदा भएको छैन । गठबन्धन निरन्तरता अहिलेको आवश्यकता हो । हामी विचारमा नभएर नीतिमा एकैठाउँमा उभिएका छौ । गठबन्धनको विकल्प छैन,’ उनले भने । संघीयता र गणतन्त्रको लागि एक ठाउँमा उभिएको पार्टीहरूले संविधानलाई रक्षा गर्नको लागि गठबन्धन गरिएको उनको भनाइ छ ।
थापाले भने, ‘गठबन्धन अझैपनि आवश्यक छ । अझै पनि संविधानमाथि धावा बोल्ने खतरा छ । संघीयता र गणतन्त्रलाई समातेका पार्टीहरू एक ठाउँमा छन् ।’ संविधानको कार्यान्वयनका लागि गठबन्धन आज पनि आवश्यक भएको उनले बताए । यस्तै उनले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीलाई सबैभन्दा ठूलो बनाएकोमा धन्यावाद समेत दिए ।
स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई ठूलो पार्टी बनाउन सभापति देउवाको विशेष भूमिका रहेको थापाको दाबी छ । नेता थापाले उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा.प्रकाशशरण महतको नेतृत्वमा रहेका दुईवटा समितिहरूले पनि चुनावमा विशेष भूमिका खेलेको बताए ।
नेता थापाले उम्मेदवार नभएको स्थानमा पार्टीको चुनाव चिन्ह राख्न नहुने विषयमा उठाए । धनकुटा जिल्लामा पहिलो पटक काँग्रेसले पालिकामा जित हासिल गरेको उनले बताए । ‘धनकुटामा ०४६ सालपछि कहिल्यै पनि प्रजातान्त्रिक शक्तिले जितेको थिएन’, उनले भने, ‘हामी सबै गोलबद्ध भएर काँग्रेसलाई धनकुटामा सात वटामध्ये चारवटा पालिकामा जिताएका छौं । धनकुटामा काँग्रेस बलियो छ भन्ने कुरा देखाइदिएका छौं ।’
काँग्रेसमा प्रवेश गरेका नयाँ साथीहरूले पार्टीका उम्मेदवारहरूलाई जिताउन ठूलो भूमिका खेलेको नेता थापाले बताए । उनले नवप्रवेशीहरूलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिन सभापति देउवासँग आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन