सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सीपीसीका नेता यहाँ आउनु र म भारत जानु संयोगमात्र हो, कुनै सम्बन्ध छैन : प्रचण्ड

शुक्रबार, ३१ असार २०७९, १८ : ००
शुक्रबार, ३१ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल आउने कुरा र आफ्नो भारत भ्रमणबीच कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका छन् ।
तीन दिने भारत भ्रमणका लागि शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हु्न ।

‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने कुरा र म भारत जाने कुरासँग कुनै सम्बन्ध छैन । यो प्रस्ट पार्न चाहान्छु’, प्रचण्डको भनाइ छ ।   उनले आफ्नो भ्रमण राजनीतिक भ्रमणका रुपमा रहेको भन्दै सद्भावना भ्रमणका रुपमा लिनुपर्ने बताए ।  भारत भ्रमणका क्रममा आफुले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर कुराकानी हुने पनि बताए । 

‘नेपाल भारत सम्बन्ध अझ राम्रो कसरी बनाउने भन्नेमा भारतीय जनता पार्टीका नेताहरुसँग कुरा हुनेछ’, प्रचण्डले भ्रमण आकस्मिक जस्तो देखिएपनि पूर्व निर्धारित नै भएको बताए । ‘बाहिर आउँदा आकस्मिक जस्तो देखियो तर मेरा लागि आकस्मिक होइन । दुई महिनाअघि राजदूत क्वात्राकै समयमा मिलिाइएको हो’, पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘उहाँ राजदूत भएर विदेश सचिव भएपछि पनि उहाँले मलाई भ्रमणको समय कुन बेला उपयुक्त हुन्छ भनेर सोध्नुभएको थियो । त्यसबेला मैले जुलाईको तेस्रो हप्ता हुनसक्छ भनेको थिएँ ।’ 

उनले विगतमा झै यसपाली पनि नेपालको समग्र विकास दुई पक्षीय व्यापार सन्तुलन, सीमा समस्या लगायतका विषयमा भारतीय पक्षसँग कुराकानी हुने प्रचण्डको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप