हर्क साम्पाङलाई भेट्न पुगे रवि लामिछाने
शुक्रबार, ३१ असार २०७९, १८ : ५२
![हर्क साम्पाङलाई भेट्न पुगे रवि लामिछाने](https://rpcdn.ratopati.com/media/albums/harka-rabi_TBxVHj3pCB.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो । भेटका क्रममा लामिछानेले साम्पाङलाई औपचारिक रुपमा बधाई तथा शुभकामना दिँदै धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ ।
पार्टी निर्माणका लागि देश दौडाहामा रहेका रवि झापाको भेला सकेर सुनसरी भेलाका लागि बिहीबार नै धरान पुगेका थिए । लामिछानेले नेपाली राजनीतिले परिवर्तन गर्न खोजेको आवाजलाई बुलन्द पार्ने धरान आफ्नो लागि विशेष भएको बताएका छन् । शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीले धरानमा कार्यक्रम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबिच सम्झौता
-
शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयो : सांसद रोकाय
-
ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स् मानसिरी नियुक्त
-
युवाको विदेशपलायन रोक्न स्टार्टअप उद्यमलाई प्रोत्साहन दिऔँ : सांसद शाक्य
-
समयको आवश्यकता र औचित्यका आधारमा बजेट वितरण भएको छ : अर्थमन्त्री पुन
-
प्रभु बैँक र होटल हिमालयबिच छुट सम्झौता