‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी
शुक्रबार, ३१ असार २०७९, १२ : ०४

निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ । अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको छ । बिहीबार आयोगमा सो दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए । छोटकरीमा हानेपा नाम रहेको सो दल १८८ नम्बरमा दर्ता भएको हो ।
सो दलले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ । त्रिभुवन नगरपालिका दाङ घर भएका अध्यक्ष घिमिरेको टिममा अरुणकुमार रौनियार, गिरीराज पौडेल, फूलमाया तामाङ, कल्पना न्यौपाने लगायत सदस्य रहेका छन् । आयोगमा हाल दल दर्ता संख्या १ सय १३ दल पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिडियो विवादित भएपछि सुरवीरले मागे माफी
-
कान्सको मार्केटमा नेपाली फिल्म ‘एक्लो’
-
५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा
-
दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत
-
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने