गभर्नरलाई बर्खास्त गर्न माग गर्दै वाइसिएलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गभर्नरलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । गभर्नर महाप्रसाद अधिकारी एमाले अर्थ योजना विभाग सदस्य हुनुका साथै शैक्षिक योग्यता समेत नपुगेकाले बर्खास्त गर्नुपर्ने भन्दै वाइसिएलले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने भएको हो ।
शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेर वाइसिएलले ज्ञापनपत्र बुझाउने वाइसिएलका प्रचार विभाग प्रमुख पुष्प वलीले बताए । ‘हामीलाई प्रधानमन्त्री ज्युले विहान साढे ११ बजेको समय दिनुभएको हो । फेरि एकछिन भन्नुभएको छ ।
आज दिउँसोसम्म ज्ञापनपत्र बुझाउँछौ’ वलीले भने, ‘आजै प्रधानमन्त्री ज्यूलाई भेटेर गभर्नर बर्खास्त गर्नुपर्यो भन्ने छ ।’ राजनीतिक दलको कार्यकर्ता र शैक्षिक योग्यता समेत नपुगेको व्यक्ति नैतिक रुपमा गभर्नर बस्न मिल्दैन भन्ने छ ।’ एमालेले एम अधिकारी अरु नै हो भन्नेगरी छल्न खोजेपनि गभर्नर नै भएको पुष्टि भइसकेको वलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी