सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी नियुक्ति विरुद्धको रिटमा पोखरेलका वकिलको जवाफी बहस सुरु

शुक्रबार, ३१ असार २०७९, ११ : ४३
शुक्रबार, ३१ असार २०७९

आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ । निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिश कृष्ण खरेलले जवाफी बहस सुरु गरेका हुन् । 

 सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामा सुनुवाइ भइरहेको हो । 

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।

 वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप