बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गोटाबाय राजपक्षेको राजीनामा स्वीकृत

शुक्रबार, ३१ असार २०७९, ११ : २०
शुक्रबार, ३१ असार २०७९

श्रीलंकाको संसदका सभामुखले आफूले गोटाबाया राजापाक्षेको राजीनामा प्राप्त गरेको र राष्ट्रपतिले औपचारिक रूपमा राजीनामा दिएको बताएका छन् ।

सभामुख यापा अभयवर्धनले प्रधानमन्त्री रनिल विक्रमासिङ्घे देशको अन्तरिम राष्ट्रपति हुने पनि जानकारी दिएका छन् । उनले आजै सपथ लिन सक्ने सम्भावना छ ।

सभामुखले नयाँ राष्ट्रपति चयनका लागि भोलि जुलाई १६ मा संसदको बैठक बोलाइएको जानकारी दिए ।

सभामुखले आन्दोलनकारीलाई शान्ति कायम राख्न अपिल गरेका छन् । यससँगै उनले संसदीय प्रक्रियामा सहभागी हुन सबै सांसदलाई आग्रह गरेका छन् ।

बिहीबार राति इमेल मार्फत् राजीनामा पठाइएको थियो

राजापाक्षे बिहीबार साँझ सिंगापुर पुगेका थिए । सिंगापुर पुगेको केही समयपछि उनले श्रीलंकाको संसदका सभामुखलाई इमेलमार्फत राजीनामा पठाएका थिए ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको खबर आएपछि श्रीलंकामा प्रदर्शनकारीहरूले उत्सव मनाउन थालेका छन् ।

सामाजिक सञ्जालमा यस्ता धेरै भिडियो र तस्विरहरु भाइरल भइरहेका छन् जसमा आन्दोलनकारीहरु एकजुट भएको देखिन्छ ।

केही भिडियोहरूमा, प्रदर्शनकारीहरू गाले पार्कमा उत्सव मनाइरहेको देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप