आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बेलायतको प्रधानमन्त्री पदको दौडमा सुनाकलाई झिनो अग्रता

शुक्रबार, ३१ असार २०७९, ११ : १६
शुक्रबार, ३१ असार २०७९

बेलायतको प्रधानमन्त्री पदको दौडमा भारतीय मूलका पूर्वअर्थमन्त्री ऋषि सुनाक दोस्रो राउन्डमा पनि अघि देखिएका छन् । दोस्रो चरणको मतदानमा सुनाकले १०१ सांसदको समर्थन हासिल गरेका छन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी पेनी मोरडुएन्टभन्दा १८ भोट धेरै मत प्राप्त गरे ।

बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएपछि पार्टीले आफ्नो नयाँ नेताको चुनाव गरिरहेको छ । उनै देशको नयाँ प्रधानमन्त्री बन्नेछन् । हाल पाँचजना उम्मेदवार यो दौडमा बाँकी रहेका छन् । 

दोस्रो चरणको मतदानमा पेनीले ८३ मत, लिज ट्रसले ६४ मत, केमी बाडेनोकले ४९ मत, टम टुगेनडेटले ३२ मत र सुएला ब्रेवरम्यानले सबैभन्दा कम २७ मत प्राप्त गरे । योसँगै ब्रेवरम्यान रेसबाट बाहिरिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप