डडेल्धुराका स्थानीय तहमा आठ करोड बढी बेरुजु
डडेल्धुराका सातवटा स्थानीय तहमा आठ करोड बढी बेरुजु आएको छ। महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा डडेल्धुराका सात स्थानीय तहमा आठ करोड ४७ लाख ७२ हजार बेरुजु देखिएको हो।
जिल्लामा रहेका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा छ। अमरगढीको बेरुजु दुई करोड ६३ लाख २८ हजार रहेको छ। त्यसपछि सबैभन्दा बढी आलिताल गाउँपालिकाको बेरुजु दुई करोड १८ लाख ८१ हजार रहेको छ। भागेश्वर गाउँपालिकामा एक करोड ५३ लाख ५८ हजार बेरुजु देखिएको छ।
यस्तै, परशुराम नगरपालिकामा ६६ लाख ५१ हजार, अजयमेरु गाउँपालिकामा ५८ लाख ५८ हजार र गन्यापधुरा गाउँपालिकामा ४९ लाख ३९ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। सबैभन्दा कम बेरुजु नवदुर्गा गाउँपालिकाको रहेको छ। नवदुर्गाको बेरुजु ३७ लाख ५७ हजार रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी