आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिङ्गापुर सरकारले भन्यो, ‘गोटाबाया राजापाक्षेले शरण मागेका होइनन्, पाहुना बनेर आएका हुन्’

शुक्रबार, ३१ असार २०७९, ०९ : ४३
शुक्रबार, ३१ असार २०७९

श्रीलंकाबाट भागेर सिङ्गापुर पुगेका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो देशमा शरण नमागेको सिंगापुर सरकारले जनाएको छ ।

सिङ्गापुरको विदेश मन्त्रालयले भनेको छ, ‘राजपक्षेले यहाँ शरण मागेका छैनन् । उनलाई पाहुनाको रुपमा नै देशमा प्रवेशको अनुमति दिइएको हो ।’

सञ्चारमाध्यमको जिज्ञासाको जवाफ दिँदै सिङ्गापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई ‘निजी भ्रमण’ मा सिङ्गापुर प्रवेश गर्न अनुमति दिएको बताएको छ ।

राजापाक्षे बिहीबार साँझ सिङ्गापुर पुगेका थिए । सिङ्गापुर पुगेको केही समयपछि उनले श्रीलंकाको संसदका सभामुखलाई इमेलमार्फत् राजीनामा पठाएका थिए ।

श्रीलंका अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा छ र यस वर्षको सुरुदेखि नै त्यहाँ प्रदर्शनहरू भइरहेका छन्, तर अघिल्लो शनिबार, अर्थात् जुन ९ मा बोलाइएको प्रदर्शन निकै उग्र बन्यो ।

जनताले राष्ट्रपति भवन र प्रधानमन्त्री निवासलाई निशाना बनाएर त्यहाँ प्रवेश गरे । जसका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे आफ्नो राजभवन छोडेर भाग्नुपरेको थियो ।

कोलम्बोमा अहिले कर्फ्यू जारी छ तर गोटाबाया राजापाक्षेको राजीनामाको खबर आउने बित्तिकै मानिसहरू खुसी मनाउन सडकमा उत्रिएका छन् ।

वास्तवमा महिनौँसम्म आन्दोलन गरेपछि जनताको मुख्य माग गोटाबायाले पदबाट राजीनामा दिनुपर्छ भन्ने थियो ।

यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई अन्तरिम राष्ट्रपति घोषणा गरिएको छ । तर, आन्दोलनकारीले उनको राजीनामाको माग पनि गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप