गर्मीले जनजीवन अस्तव्यस्त

मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन् । जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । दिनहुँ उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा प्रदीपकुमार साह बताउछन् ।
मौसम परिवर्तन हुँदा बिरामीको सङ्ख्या बढेको उहाँ बताउछन्। अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ । पसिना अत्यधिक आउने तर पर्याप्त पानी सेवन नगर्दा बिरामी हुने क्रम बढेको डा साहको भनाइ छ ।
अत्यधिक गर्मीका कारण सर्पको बिगबिगी समेत बढेको छ । यही साता बर्दिबास–३ स्थित सर्पदंश उपचार केन्द्र गौरीडाँडामा उपचार लिन आएका दुई सर्पदंशका बिरामीको उपचार सम्भव नभएपछि अन्यत्र पठाउँदा बाटोमै मृत्यु भयो । गर्मीकै कारण लामखुट्टे पनि ह्वात्तै बढेका छन् । ज्वरो, टाइफाइडलगायतका बिरामी बढेको बर्दिबास अस्पतालका चिकित्सक डा किशोर अधिकारी बताउछन् ।
अत्यधिक गर्मीले बालबालिकामा खटिराको समस्या देखिएको छ । महोत्तरीमा अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ । घामसँगैको तातो हावाका कारण सर्वसाधारण काम गर्न निस्कन छाडेका छन् । घाममा बाहिर ननिस्कन, जीउ ढाक्ने लुगा लगाउन, सफा र स्वच्छ पानी खान तथा ताजा र झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत