प्राकृतिक प्रकोप प्रभावितलाई भारत सरकारको सहयोग
भारत सरकारले नेपालका बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूको लागि राहत सामाग्री प्रदान गरेको छ ।
शुक्रबार बिहान गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्री बालकृष्ण खाणलाई २ हजार थान टेन्ट र १० वटा मोटर बोट हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गरे। नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताए ।
गृहमन्त्री खाणले नेपाल धेरै प्रकारका विपद्को उच्च जोखिममा रहेको स्मरण गराउँदै विपद्को घडीमा भारत सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरे । समारोहमा राजदूत श्रीवास्तवले भारत र नेपाल सुख, दुःखको साथी रहेको तथा आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउने कोसिस रहने प्रतिबद्धता जनाए ।
मनसुनको सुरुआतमा राहत सामग्री सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै राजदूत श्रीवास्तवले प्रकोप प्रभावितका लागि सहयोग जारी रहने विश्वास दिलाए । उनले भूकम्पका समयमा पनि भारतले सहयोग गरेको स्मरण गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
-
भारी वर्षाका कारण मणिपुरमा विद्यालय बन्द
-
जसपा विभाजन नभएको उपेन्द्र यादव पक्षको दाबी
-
खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै
-
वामदेव गौतमलाई ओलीको जवाफ : सकारात्मक भावना अगाडि बढाऔँ
-
११ अर्ब डलर खर्चेर ९ वर्षमा बनाइयो पुल, रेल र गाडी चल्दैनन्