शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति हुमागाईंले दिए पदबाट राजीनामा

शुक्रबार, ३१ असार २०७९, ०८ : १४
शुक्रबार, ३१ असार २०७९

नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । 

उनले  च्याप्टर अधिवेशनको अनिश्चितता र व्यक्तिगत कार्य व्यस्तताले गर्दा पदीय जिम्मेवारीबाट अलग भएको बताएका छन् । हुमागाईं नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको विभिन्न पद र जिम्मेवारीमा लामो समयदेखि क्रियाशील रहदै आएका छन् । हाल उनि नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन ।

पटक पटक अधिवेशनको माग र प्रयास हुँदाहुँदै पनि पार्टी नेतृत्व र जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय नेतृत्वको उदासीनताले च्याप्टरहरूको अधिवेशन समयमा सम्पन्न हुन नसकेकोमा उनले सबैको ध्यानाकर्षण गराएका छन् । समयमै अधिवेशन सम्पन्न हुन नसक्नुमा आफ्नो भागमा पर्ने भूमिका र कमजोरीको निम्ति उनले  क्षमायाचना पनि गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप