शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुखबारे निर्णय लिन लोसपाको बैठक बस्दै

शुक्रबार, ३१ असार २०७९, ०७ : ५९
शुक्रबार, ३१ असार २०७९

प्रतिनिधि सभामा आज उपसभामुख चयनका लागि मतदान हुँदैछ । उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंगो लगाउने छ । 

प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ ।  लोसपामा पनि गठबन्धनका उम्मेदवारलाई साथ दिनुपर्ने मत बलियो रहेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप