बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेसरुपी डुंगा डुब्दैन, माझीको ईसारा बुझेर विश्वास गरौं : गंगालक्ष्मी अवाल

शुक्रबार, ३१ असार २०७९, ०७ : ०८
शुक्रबार, ३१ असार २०७९

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगालक्ष्मी अवालले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई अप्ठ्यारो हुने काम नगर्न आग्रह गरेकी छिन् । केन्द्रीय समितिको बैठकमा उनले काँग्रेसका सबै समूह एउटै डुंगामा रहेकोभन्दै डुंगा बेस्सी हल्लाउँदा माझीरुपी नेतृत्वलाई सम्हाल्न गाह्रो हुने बताइन् ।

 ‘हामी सबै एउटै डुङ्गामा छौं । सँगै यात्रा गरिरहेका छौं। डुङ्गा धेरै पुरानो पनि छ र धेरै ठूलो अनि विशाल पनि छ,’ उनले भनिन्, ‘अबको ३–४ महिनामा नै ठूलो नदी तर्नु छ। तर हामी डुङ्गा बेस्सरी हल्लाई रहेका छौं। यति ठूलो डुङ्गा छ  यति धेरै यात्री छौं, हामीले डुङ्गा हल्लाउनु भएन। धेरै डुङ्गा हल्लियो भने माझीलाई समाल्न गाह्रो हुन्छ।’ 

पार्टीका नेता कार्यकर्ताले इसारा बुझ्नुपर्ने भन्दै देउवाले सकुशल पार लगाउने उनको भनाइ छ । उनले भनिन्,  ‘हामी सबै यात्रुले माझीको ईसारा बुझेनौं भने एउटा माझीले मात्र के गर्ने ? हामी माझीलाई विश्वास गरौं, उनले हामी लाई सकुशल पार लगाउने छन् ।’

उनले अहिलेसम्मका सभापतिले डुंगा (पार्टी)लाई नडुबाएकाले देउवाले पनि नडुबाउने दाबी गरिन्। ‘वास्तवमा माझीलाई मात्र थाहा हुन्छ कि डुङ्गा कुन ठाउँबाट सजिलै तर्छ भनेर,’ उनले भनिन्, ‘हामी धेरै चिच्याउनु भएन कि डुङ्गा डुब्यो... डुङ्गा डुब्यो भनेर ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप