शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्ग्ल्यान्डसँग भारत १ सय रनले पराजित

शुक्रबार, ३१ असार २०७९, ०६ : ४२
शुक्रबार, ३१ असार २०७९

इङ्ग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो ।

भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।  इङ्ग्ल्यान्डका बलर टोप्लीले  उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा सबै विकेट गुमाउँदै  २४६ रन बनायो ।

 इङ्ग्ल्यान्डका मोईन अलीले  ४७ रन बनाए ।  डेविड विल्ली ४१ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलले ४ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप