अधिकांश काँग्रेसी गठबन्धनको पक्षमा छैनन् : शेखर कोइराला
शुक्रबार, ३१ असार २०७९, ०६ : १७

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गरेका छन् । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले दुरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताए ।
अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको दावी गर्दै उनले भने, ‘मधेसका जिल्लाका सभापतिहरू समेत गठबन्धनको पक्षमा छैनन् । तर गठबन्धन नै गर्नुपर्ने अवस्था आए भने न्यूनतम सिट दिएर मात्रै गठबन्धन गर्नुपर्छ ।’ उनले गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर काँग्रेसले अगाडि बढ्नु पर्नै बताए ।
कोइरालाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले मुलुकको राजनीतिमा गडबडी ल्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसी बनिन् इन्डियन आइडल सिजन १५ को विजेता
-
बागमती प्रदेश अल्पाइन स्पोर्टस्मा राजेन्द्रको अध्यक्षतामा नयाँ नेतृत्व
-
अमेरिकी सेयर बजारमा गएको पहिरोबारे के भन्छन् ट्रम्प ?
-
जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य
-
‘संविधान संशोधनको लागि सबै दलहरू मिल्नुपर्छ’
-
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण