आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवको कदमबारे बाबुराम पक्षको प्रतिक्रिया : हास्यास्पद निर्णय

बाबुराम नयाँ पार्टी बनाउने गृहकार्यमा
बिहीबार, ३० असार २०७९, २३ : ३५
बिहीबार, ३० असार २०७९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेका छन् ।  वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । तर सो निर्णयलाई बाबुराम पक्षले हास्यास्पद निर्णय भनेको छ । बाबुराम पक्षका नेता प्रशान्त सिंहले भने, ‘उपेन्द्रजीले आज गर्नुभएको निर्णय हास्यास्पद हो, पार्टीबाट कसैलाई कारवाही गर्दा वा निकाल्दा त्यसको विधि र प्रकृया हुन्छ । जसपा उपेन्द्र यादवको प्राइभेट कम्पनी हो, जुनबेला जसलाई मन लाग्यो निकालिदिने जसलाई मन लाग्या राखिदिने गर्नुहुन्छ, यही कुराको विरोध हामी सुरुदेखि गर्दै आएका हौं ।’

पार्टीमा कसैलाई कारवाही गर्दा एकपटक स्पष्टीकरणको मौका दिइन्छ, तर उनले त्यो पनि मुनासिव नठानेको बताउँदै उनले आफूहरुलाई यो कुरा पहिलादेखि नै जानकारी भएको बताए ।  त्यही भएर पनि आफूहरुले विस्तारित बैठकको आयोजना गरेको उनले बताए । उनले भने, ‘जसपामा हामी बस्दैनौ भनि पहिलादेखि माइन्ड मेकअप गरिसकेका थियौं, हामी हेर्न चाहन्थ्यौँ कि उहाँ कुन हदसम्म जानुहुन्छ ।’

बाबुराम भट्टराई पक्षले अब नयाँ ढंगबाट अगाडि बढ्ने सोच बनाई सकेको बताइएको छ । वीरगञ्जमा जारी बैठकले के निर्णय गर्छ भन्ने प्रतिक्षामा बाबुराम पक्ष थियो । बाबुराम पक्षले काठमाडौँको जडिबुटीमा आयोजना गरेको बिस्तारित बैठकले वार्ता र छलफलका लागि आह्वान गरेको थियो । नेता भट्टरार्ईले पार्टीलाई विभाजन हुनबाट जोगाउन वार्ता र संवादका लागि आह्रवान गरेका थिए ।

तर वीरगञ्जमा आज सम्पन्न बैठकले बाबुरामसहित नौ जनालाई कारवाही गरेको छ । सो कारबाहीपछि बाबुराम पक्षले नयाँ पार्टी बनाउने गृहकार्यमा लागिसकेको स्रोतले बताएको छ । भोलि बाबुराम पक्षको बैठक बसेर नयाँ पार्टी गठन गर्नेबारे निर्णय लिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप