आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राजापाक्षले सिंगापुर पुगेर इमेलबाट पठाए राजीनामा पत्र

बिहीबार, ३० असार २०७९, २२ : ०१
बिहीबार, ३० असार २०७९

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षले सिङ्गापुर पुगेर पदबाट राजीनामा गरेको पत्र पठाएको दुई सरकारी स्रोतलाई उदृत गर्दै रोयर्टसले लेखेको छ ।  रोयटर्सका अनुसार उसका दुई सरकारी स्रोतले राजापाक्षेले बिहीबार ढिलो देशको संसदको सभामुखलाई राजीनामा पत्र इमेल गरेको र त्यसको सत्यतथ्य जाँच भइरहेको बताएको छ । 

राजापाक्षे सिंगापुर ओर्लिएको केही समयपछि नै इमेलमार्फत पठाइएको स्वीकृति हुने नहुने वहस भइरहेको बताइएको ।  राजापाक्ष बिहीबार सिंगापुर पुगेको त्यहाँको विदेश मन्त्रालयले पुष्टि गरेका थिए ।  गोटाबायाले उनको राजीनामा पत्र इमेलमार्फत सभामुख महिन्दा यापा आबेवर्देनालाई पठाएको स्रोतले बताएको छन् ।

श्रीलंकाका सभामुखको प्रेस कार्यालयले राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामा पत्र प्राप्त भएको पुष्टि गरेको छ । तर कार्यालयले पत्रको वैधानिकता पुष्टि भएपछि मात्र औपचारिक घोषणा गरिने बताएको छ ।

स्रोतका अनुसार सभामुख महिन्दा यापा आबेवर्देनाले पत्रको सत्यता पुष्टि गर्न चाहेकोले औपचारिक घोषणामा ढिलाइ भएको हो ।  अहिले सभामसखले सिङ्गापुरस्थित श्रीलंकाली उच्चायोगलाई राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा पत्रको हार्डकपी हासिल गर्न निर्देशन दिइएको बताइएको छ ।

सभामुखले आवश्यक कानुनी सल्लाहका लागि महान्यायाधिवक्ताको कार्यालयको पनि सहयोग मागेका छन् । यसैबीच, रोयटर्सले रिपोर्ट गरेको छ कि राष्ट्रपति राजापाक्षेको मूल राजीनामा पत्र चाँडो भन्दा चाँडो सिङ्गापुरबाट कोलम्बो पठाइनेछ ।  (रोयटर्स र न्युजवायर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप