मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

श्रमजीवी पत्रकारको हित र संरक्षणका लागि परिणाममुखी काम गर्ने इच्छा छ : खड्का

बिहीबार, ३० असार २०७९, २१ : ४३
बिहीबार, ३० असार २०७९

न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले समितिले श्रमजीवी पत्रकार संघ नेपालसँग सहकार्य गरेर श्रमजीवीको हित, प्रवर्द्धन र संरक्षणका लागि परिणाममुखी काम गर्ने इच्छा व्यक्त गरेकी छन् ।  बिहीबार श्रमजीवी पत्रकार संघ, नेपालको स्थापना दिवसमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा कताएकी हुन् ।

अध्यक्ष खड्काले श्रमजीवी पत्रकार संघले गरेका कामको प्रशंसा समेत गरिन् । कार्यक्रममा  प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले संघले खेलेको ऐतिहासिक भूमिकाको खुलेर प्रशंसा गरे । उनले आस्थाले जो जहाँसुकै भएपनि श्रमजीवीको पेशागत सुरक्षाका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले ट्रेड युनियन अधिकारका लागि प्रेस युनियनसँगै अघि बढ्ने भन्दै श्रमजीवीका समस्या अझै कायम रहेकाले सबै एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए  । संघका सल्लाहकार बलराम थापाले श्रमजीवी पत्रकारहरुलाई पहिलो चोटी गोलबद्ध गर्ने प्राडा गोपाल सिवाकोटीको पथलाई आदर्श मानेर संघ अगाडि बढ्न खोजेको देखेर खुशी लागेको प्रतिक्रिया दिए । थापाले भने, ‘हाम्रा अग्रजहरू जसरी श्रमजीवीका पक्षमा चिन्तित हुनुहुन्थ्यो, संघले पनि त्योसँगै ट्रेड युनियन आन्दोलनको दायरालाई अझ बृहत् रुपमा अघि बढ्ने कार्ययोजना बनाएकोमा खुशी छु ।’

रातो खबरका प्रधान सम्पादक एवं नेकपा (बहुमत)को प्रचार विभाग इन्चार्ज अशोक सुवेदीले श्रमजीवीका विषयमा लडाइँ लड्दा मालिकहरुबाट सतर्क हुनुपर्ने भन्दै पुँजीवादको हावा र सत्ताधारीहरुको श्रमविरोधी चरित्रले श्रमको मूल्य प्राप्तिमा अनेकौं चुनौति रहेको बताए । 

वरिष्ठ पत्रकार मनऋषि धितालले श्रमको उचित सम्मानका लागि संघले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।   प्रेस काउन्सिलका प्रवक्ता दिपक खनालले श्रमजीवी पत्रकारका लागि संघ र अध्यक्ष जैसीले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप