सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

अवैध उत्खनन् गर्ने टिपर, जेसिवी र चालक नियन्त्रण

बिहीबार, ३० असार २०७९, २१ : २०
बिहीबार, ३० असार २०७९

महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्खनन विरुद्ध कडा रुपमा उत्रिएको छ ।  पछिल्लो समय प्रहरीले रातु नदी र तटीय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसिबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।

प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्खनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।

आजमात्र  बर्दिबास-७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ । हनुमान चोकस्थित धन सिंह क्यापछाकीको जग्गामा अवैध उत्तखनन गरिरहेका सवारीलाई चालकसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ ।

चालक, टिपर र जेसिवी मालिकलाई थप कारवाहीको लागी जिल्ला समन्वय समिति जलेश्वर पठाइएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप